कोरोनका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा धेरै मृतक इटालीमा

बाइलाइन नेपाल
७ चैत्र २०७६, शुक्रबार ०८:३२

एजेन्सी |  विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। विभिन्न देशमा १ हजार ८० जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार ३१ पुगेको छ।

तिब्र गतिमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटलीमा धेरै पुगेको छ। इटलीमा हिजो एकै दिन ४ सय २७ जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ।

चीनमा कूल मृतकको संख्या ३ हजार २ सय ४५ रहेको छ। चीनमा संक्रमितको संख्या अत्यन्त न्यून हुँदै जाँदा इटलीमा हिजो मात्रै ५ हजार ३ सय २२ नयाँ संक्रमित फेला परेका छन्।

हिजो इरानमा १ सय ४९, स्पेनमा १ सय ९३, फ्रान्समा १ सय ८, अमेरिकामा ५७, जर्मनीमा १६, बेलायतमा ४० जनाको मृत्यु भएको छ। २४ घण्टामा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २ लाख ४४ हजार ९ सय १४ पुगेको छ । संक्रमितमध्ये ८७ हजार ४ सय ८ जनाले उपचारपछि स्वास्थ्यलाभ गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*