कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका

बाइलाइन नेपाल
७ चैत्र २०७६, शुक्रबार ०७:१५

इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ ।

गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश जारी गरेको हो ।

उसले भिडियोमा हात कसरी धुने भन्ने विभिन्छ ६ वटा चरण देखाएको छ । हात मिचिमिचि धुँदा कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुने भिडियो सन्देशमा जानकारी दिइएको छ ।

कोरोनामा भाइरसको संक्रमण हालसम्म विश्वका १७९ मुलुकमा फैलिएको छ । २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् भने १० हजार बढीले ज्यान गुमाइसकेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव पछिल्लो समय इटालीमा महामारीको रुपमा देखिएको हो ।

इटालीमा सवैभन्दा बढी ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*