कोरोना भाइरसका कारण हङकङमा कुकुरको पनि मृत्यु !

बाइलाइन नेपाल
५ चैत्र २०७६, बुधबार २०:३२

उत्तर काेरियाका शासक काेराेनासँग डराए, भन्छन्, ‘हाम्राे देशमा सुविधासम्पन्न अस्पताल छैनन्’ एजेन्सी | ५० मिनेट अघि चैत ५, २०७६ विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मानिस मात्र नभई कुकुरको पनि मृत्यु भएको छ।

हङकङमा १७ वर्षको बूढो कुकुरको मृत्युपछि विश्वमा यसको संक्रमणबाट मर्ने पहिलो जनावर भएको बताइएको छ। उक्त कुकुरमा संक्रमण भएको आशंकामा पशुचिकित्सकहरुले उपचार गराइरहेका थिए। उक्त कुकुरलाई केही दिनदेखि आइसोलेसमा राखिएको थियो। तर डाक्टरहरुले कुकुरको मृत्यु एक्लोपन, तनाव र अन्य संक्रमणका कारण पनि भएको बताएका छन्।

मृत्युपछि कुकुरकी मालिक्नीले कुकुरको शव पोस्टपार्टम गर्न दिएकी थिइनन्। यद्यपि विश्व स्वास्थ्य संगठनले जनावरबाट मानिसमा कोरोना भाइरस सर्न नसक्ने बताएको छ। घरपालुवा जनावरबाट अहिलेसम्म कोही मानिसमा पनि यसको संक्रमण सरेको प्रमाण नभेटिएको डब्ल्यूएचओले बताएको छ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार तीन सय पुगको छ। पछिल्लो समय आफ्नो देशमा पनि मृत्युदर बढ्न थालेपछि अस्ट्रेलिया सरकारले पनि आफ्नो देशमा १०० जनाभन्दा बढीको भीडभाड नगर्न अनुरोध गरेको छ।

आफ्नो देशमा कोरोना भाइरस आउन नसक्ने भनी दाबी गरिहेका उत्तर कोरियाका राष्ट्रपति किम जोङ पनि डराएका छन्। भने, ‘हाम्रो देशमा अत्याधुनिक र सुविधासम्पन्न अस्पताल छैनन्, हामी तत्कालै स्वास्थ सेवा पनि सुधार्छौं।’ हाल उनी आफ्नो देशमा अस्पताल बनाउने अभियानमा लागिपरेका अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*