अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण, १११ जनाको मृत्यु

बाइलाइन नेपाल
५ चैत्र २०७६, बुधबार ०९:४९

कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ ।

समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।

वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।

अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यहाँ राष्ट्रिय संकटकाल समेत घोषणा गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*