कोरोनाभाइरसले ७१७१ जनाको ज्यान लियो, ८० हजारलाई सञ्चो

बाइलाइन नेपाल
४ चैत्र २०७६, मंगलवार १०:१२

कोरोनाभाइरसले मंगलबार बिहानसम्म सातहजार १७१ जनाको ज्यान लिएको छ ।

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म १ लाख ८२ हजार ६०९ जनामा कोरोना संक्रमण देखिएको छ ।जसमध्ये ७९ हजार ८८३ जना उपचारपछि फिर्ता भइसकेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसका कारण ज्यान गुमाएका छन् । चीनमा मात्रै ३२२६ जनाको मृत्यु भएको छ । त्यसपछि इटलीमा २१५८ जनाको ज्यान गएको छ । इरानमा ८५३ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ३४२ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा ८१, जर्मनीमा १७, फ्रान्समा १४८, अमेरिकामा ९१ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*