अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलोपटक परीक्षण

बाइलाइन नेपाल
४ चैत्र २०७६, मंगलवार १०:०७
फाइल तस्वीर

एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका छन्। सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीहरूलाई पहिलो भ्याक्सिन लगाइदिदैं यसको परिक्षण सुरु गरेका हुन्।

अब छोटो समयमा बनाइएको खोपले उनीहरूमाथि देखाउने प्रतिक्रियाको अध्ययन गरिनेछ।’अब हामी एउटा टिम हौं’, काइजर पर्मानेन्टेकी अध्ययन नेतृत्वकर्ता डा. लिसा ज्याकसनले परिक्षणको पूर्व सन्ध्यामा भनिन्, ‘आपतकालमा जसले जे गर्नसक्ने हो त्यो गर्न चाहिरहेका छन्।’

यो परीक्षणलाई प्रत्यक्षरुपमा हेरेको एसोसियट प्रेस(एपी)ले आफ्नो समाचारमा एउटा सानो प्राविधिक कम्पनीमा काम गर्ने अपरेसन म्यानेजरले यसको पहिलो खोप लिएको जनाएको छ। खोप लगाएकी जेनिफर हलर नाम गरेकी ४३ वर्षीया ती महिलाले खोप लिनुपूर्व परीक्षणमा सहयोग गर्न पाउनुलाई अभूतपूर्व मौका भएको बताएकी थिइन्।

‘हामी सबै एकदमै असहाय महशुस गरिरहेका थियौं। यो मेरो लागि केही गर्ने अभूतपूर्व मौका हो’, खोप लगाउनुअघि उनले भनिन्। त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो।

अब वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन्। सोमबारको परीक्षणले अब मानिसहरूमा ती खोपहरूको प्रयोग सुरक्षित र असरदार रहे-नरहेको अध्ययन गर्ने बाटो खोलिदिएको छ।

अनुसन्धान सफल भएमा आमप्रयोगका लागि यो खोप तयार हुन १२ देखि १८ महिनाको समय लाग्ने युएस नेशनल इन्सिट्यूट्स अफ हेल्थका डा. एन्थोनी फिचीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*