७० वर्षमाथिका नागरिकलाई चार महिना घर बाहिर ननिस्कन वेलायतको आग्रह

बाइलाइन नेपाल
२ चैत्र २०७६, आईतवार १४:५०

एजेन्सी ।  वेलायत सरकारले ७० वर्षभन्दा बढी उमेरका नागरिकहरुलाई आगामी चार महिनासम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।

जेष्ठ नागरिकहरुमा कोरोना भाइरस (काेभिड–१९) को जोखिम बढी रहेको भन्दै सरकारले सम्भावित घर वा केयर होममा सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरेको हो।

वेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई दिनमै दोब्बरले बढेपछि सरकारले यस्ता निर्णय गरेको वेलायती सञ्चार माध्यमले जनाएका छन्।

बेलायतमा शनिबार मात्रै १० जनाले कारोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए। हाल बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ भने १ हजार १ सय ४० जना कोरोनाबाट संक्रमित बनेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले यतिबेला विश्वव्यापी महामारीको रुप लिएको छ। जसबाट संसारभर ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ५७ हजारभन्दा बढी यसबाट संक्रमित भएको पुष्टि भएको छ।

पछिल्लो समय चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको भएपनि युरोपमा भने भयावह रुपमा कोरोना फैलिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*