कोरोनाको लक्षण पाँच दिनपछि देखिन्छ !
बीबीसी । वैजानिकहरुले पहिलोपटक कोरोनाको लक्षण देखा पर्न औसतमा पनि पाँच दिन लाग्ने पक्का गरेका छन् ।
नयाँ कोभिड–१९ का कारण मान्छेमा ज्वरो आउने, खोकी लाग्ने र स्वाप्रस्वासमा समस्या हुने गर्दछ जसले विश्वभरका एक लाख बढी मानिस संक्रमित गराइसकेको छ भने हजारौँको मृत्यु भएको हो ।
यस्तोमा अमेरिका सहित चीन र अन्य देशहरुको संयुक्त अध्ययनमा यो नयाँ भाइरसबारे धेरै भन्दा धेरै जानकारी हासिल गर्ने प्रयास भइरहेको छ ।
यहि क्रममा कोरोनाका लक्षण देखा पर्न पाँच दिन लाग्ने गरेको पत्ता लागेको हो ।
यसमा १२ दिनपछि पनि कसैमा कुनै लक्षण देखा परेन भने सो व्यक्ति संक्रमित हुने सम्भावना अत्यन्तै कम हुन्छ तर उसको शरीरमा भाइरस जिवितै हुन सक्ने बताइएको छ ।
त्यसैले मानिसहरुमा लक्षण देखा नपरे पनि अरुलाई संक्रमित गराउन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् ।
उनीहरुका अनुसार यसलाई फैलनबाट रोक्नका लागि कम्तीमा पनि १४ दिन आफूलाई ‘आइसोलेट’ गरि राख्नुपर्ने हुन्छ ।
यसमा विज्ञहरुको निर्देशन अपनाइरहेका अमेरिका र बलायत जस्ता देशमा १५ दिन क्वारेन्टाइनमा राखिएका प्रत्येक १०० जना सम्भावित बिरामीमध्ये एकमा आइसोलेसनबाट मुक्त भइसकेपछि लक्षण देखा पर्न सक्ने ‘एनल्स अफ इन्टर्नल मेडिसिन’ को रिपोर्टले जनाएको छ ।
‘जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थ’ का प्रमुख अध्ययनकर्ता प्रोफेसर जस्टिन लेस्लरले बताए अनुसार १८१ बिरामीको डाटाका आधारमा प्राप्त गरिएको यो अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण खोजी हो ।
तर अझैपनि भाइरसबारे धेरै कुरा जान्न बाँकी रहेको बताइएको छ ।
चिकित्सकहरुले संक्रमणपछि प्रायः मान्छेमा हल्का लक्षण मात्र देखा पर्ने बताइरहेका छन् भने कतिले चाहिँ भाइरसको कुनै सकेत नदेखाएपनि संक्रमण बोकेर हिँडिरहेको हुन सक्ने चेतावनी दिएका हुन् ।
अर्कोतर्फ केही निश्चित समुहका लागि भने कोरोना अत्यन्तै गम्भीर साबति हुन सक्ने पनि बताइएको छ – विशेषगरी जेष्ठ नागरिक र पहिले देखि नै स्वास्थ्य समस्या भएकाहरुलाई धेरै हानि गर्ने बताइएको छ ।
युनिभर्सिटी अफ नोटिनघामका भाइरस सम्बन्धी विज्ञ प्रोफेसर जोनथन बलले पनि यस नयाँ खोजले कोरोनाको ‘इन्क्युबेसन पिरियड’ बारे नयाँ तथ्य प्रमाणित गरेको हुँदा कोरोनाका लागि १४ दिनसम्मको नयाँ क्वारेन्टाइन समय निर्धारित भएको बताए ।
यसमा मानिसहरुमा खोकी, ज्वरो लाग्दा उनीहरु संक्रमण फैलाउने सबैभन्दा ठूलो जोखिममा रहने गरेको बताइएको हो ।
अहिलेसम्म पनि भाइरसबाट बच्ने सबैभन्दा राम्रो उपाय हात धोइरहनु र सरसफाइमा ध्यान दिनु रहेको बताइएको छ ।

बाइलाइन नेपाल











