यी तीन भिटामिनले बालबालिकालाई कारोनाबाट जोगाउन सक्छ
भिटामिनहरुले रोग प्रतिरोधात्मक क्षमता संरक्षकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । अझ विशेष गरी बच्चाहरुमा तीन प्रकारका भिटामिट एकदमै महत्वपूर्ण मानिन्छन्।
पछिल्लो समय नोवेल कोरोना भाइरससँग लड्नका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुनु पर्ने डाक्टरहरुले बताएका छन् । यसका लागि बच्चाहरुले भिटामिट ए, सी र डी प्रयाप्त मात्रमा खानु पर्छ।
भिटामिन ‘ए’
भिटामिन ‘ए’ को सेवनले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ। पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइने खाना माछा, चिज, दूध, अण्डा, गाँजर, सखरखण्ड, ब्रोकाउली जस्ता खाने कुराहरु खानु पर्छ ।
भिटामिन ‘सी’
भिटामिन ‘सी’ मा सबै भन्दा धेरै एन्टिटक्सीड पाइने भएका कारण यसले शरीरका सम्पूर्ण टक्सीडहरुलाई हटाउने काम गर्दछ। जसका कारण प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ।
यसका लागि स्टबेरी, भुईँकटहर, ब्रोकाउली, आँप, किवी, मेवा, अम्बा जस्ता फलफुल पर्याप्त मात्रामा भिटामी सी पाइने फलफुलको सेवन गर्नु पर्दछ।
भिटामिन ‘डी’
विभिन्न रिसर्चका अनुसार करिब ५० प्रतिशत मानिसहरुमा भिटामिन ‘डी’ को कमी छ। यसका बाबजुत पनि भिटामिन ‘डी’ ले प्रतिरोधात्मक क्षमता बढाउन फाइदा पु¥याइरहेको हुन्छ। यस्तैगरी भिटामिन डी सूर्यबाट पाउनुका साथै अण्डा, माछाको कलेजो, च्याउमा पनि पाउन सकिन्छ।

बाइलाइन नेपाल











