दिल्लीमा भएको हिंसामा पाँच जनाको मृत्यु, २५ घाइते

बाइलाइन नेपाल
१३ फाल्गुन २०७६, मंगलवार १०:५७

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउनुभन्दा एक घण्टाअघि सोमबार राजधानी नयाँ दिल्लीमा हिंसात्मक झडप भयो । उक्त झडपमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

नागरिकता संशोधन कानुनको विरोधका क्रममा हिंसात्मक झडप भएको हो । झडपमा एकजना प्रहरीसहित अन्य सर्वसाधारणको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । तर, मृतकको सनाखत भने हुन नसकेको बीबीसीले जनाएको छ ।

नयाँ दिल्लीको जेटीबी अस्पतालमा घाइते २५ जनाको उपचार भइरहेको जनाइएको छ । दिल्लीको बाबरपुर क्षेत्रमा फायरिङ र आगजनीका घटना भएपछि थप प्रहरी परिचालन गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*