चुरोट छोड्न सक्नुभएको छैन्, अपनाउनुहोस यी ६ उपाय

बाइलाइन नेपाल
८ फाल्गुन २०७६, बिहीबार २१:०९

आजकल अधिकाशं नयाँ पुस्ता धुम्रपान गर्दछन् । युवाहरुमा त यो समस्या अझ बढि मात्रामा रहने गरेको छ ।

युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइलमा पर्ने गरेको छ । धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी सहित स्वास्थ्य क्षेत्रका मानिस पनि पर्ने गरेका छन् ।

तर, एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन भने निकै कठिन हुने गर्दछ । धुम्रपान नराम्रो हो भनेर जान्दाजान्दै पनि कतिपयलाई यो लत त्याग्न सम्भव भइरहेको हुदैन । हामी धुम्रपानको तलतल हटाउन केहि टिप्सहरु दिदैछौ, जसको पालना गरेमा धुम्रपान त्याग्न सकिन्छ ।

१. दालचिनी चपाउने
चुरोटको लत बसेकाहरुलाई बारम्बार यसको तलतलले सताउछँ । यस्तोमा दालचिनीको एक टुक्रा मुखमा राखि चपाउनु लाभदायक हुन्छ । दालचिनीको स्वादले निकोटिन सेवन गर्ने चाहनालाई घटाउँछ ।

२. अमला चुस्ने
चुरोट पिउन मन लागेको बेला एक टुक्रा अमला चुस्नु निकै उपयोगी हुन्छ । यसका लागी अमलाको टुक्रामा नुन मिसाएर घाममा सुकाउनुपर्छ । अमलामा हुने भिटामिन सीले निकोटिन सेवन गर्ने चाहनालाई कम गर्छ ।

३. बोजोको टुक्रा चपाउने
बोजो एक बहु औषधिय गुण सम्पन्न वनस्पती हो । तसर्थ बोजोको टुक्रा गोजीमा राखि चुरोट सेवन गर्न मन लागेको बेला एक टुक्रा बोजो चपाउँदा चुरोट पिउने चाहना आफैं कम भएर जान्छ ।

४. चुइगम चपाउने
यदि तपाईलाई तत्काल चुरोट पिउन मन लागेको छ भने एक दुई वटा चुईंगम मुखमा राखि चपाउन थाल्नुहोस् । यसले तपाईंको मुख व्यस्त पार्नुको साथै चुरोट पिउने ध्यानबाट अलग्याउँछ ।

५. प्रशस्त पानी
चुरोटको लत बसेकाहरुले दैनिक अनिवार्य २ लिटरभन्दा बढि पानी पिउने गर्नुपर्छ । यदि शरीरमा प्रसस्त मात्रामा पानी पुगेमा यसले शरीर हाइड्रेट रहनुका साथै शरीरबाट डरलाग्दा टक्सिनलाई समेत बाहिर निकाल्न मद्दत गर्दछ ।

६. मह चाट्नुहोस्
एकदमै चुरोट पिउन मन लागेको छ भने एक चम्चा मह चाटेमा यो तलतल बिस्तारै कम हुदँै जान्छ । साथै महको सेवनले धुम्रपानबाट हुने हानि कम गराउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*