कोरोना भाइरसबारे जान्नैपर्ने १० तथ्य
उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ को त्रासदी छ । यो भाइरसका कारण चीनसहित बिशवका धेरै देश प्रभावित भएका छन् । भने धेरैको मृत्यु भइसकेको छ ।
यो भाइरस चीनको बुहानबाट सुरू भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिँदै छ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ ।
विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिकित्सकहरूको दाबी छ । चीनमा मात्रै ३ हजार ८ सय ८५ जनामा संक्रमण देखिएको छ ।
के हो कोरोना भाइरस ?
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् ।
यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसभन्दा तीव्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरूले यो निकै भयानक रहेको बताइरहेका छन् ।
कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो । यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो ।
अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिइरहेको छ । भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाई समेत सङ्क्रमण भएको पुष्टि भएको छ ।
कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रूघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकि कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरूवाती लक्षण पनि यस्तै हुन्छ ।
त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रूघाखोकीजस्तै लागे पनि यो सामान्य रूपमा रहँदैन । त्यसपछि क्रमश उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्काेमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रूघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाइमा विशेष ध्यान दिने गर्नु नै उत्तम विकल्प हो ।
कोरोना भाइरसको संक्रमण र बच्ने उपायवारेका १० जिज्ञसालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ ।
प्रभावित व्यक्तिमा वयस्क धेरै
९९ जना बिरामीमा धेरैजसो वयस्क व्यक्तिहरू थिए । उनीहरूमध्ये ६७ जना पुुरूष थिए र बिरामीको औसत उमेर ५६ वर्ष थियो । तर उपलब्ध तथ्यांकअनुसार संक्रमित महिला र पुुरूषको संख्यामा खासै भिन्नता छैन ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुुसार ६ जना पुरूषको तुुलनामा ५ जना महिलामा यो भाइरसको संक्रमण पाइएको थियो ।
महिलाको तुुलनामा पुुरूषलाई यो भाइरसले धेरै संक्रमण गर्नुमा सामाजिक तथा सांस्कृतिक कारणलाई मुख्य जरोको रूपमा मानिएको छ ।
चिकित्सकका अनुसार महिलामा एक्स क्रोमोजोम र सेक्स हर्मोन धेरै हुुने भएकाले उनीहरूको प्रतिरोधक क्षमता पुुरूषभन्दा बढी हुुन्छ । त्यसैले यो भाइरसले महिलालाई भन्दा बढी पुुरूषलाई धेरै संक्रमित बनाएको उनीहरूले बताए ।
के चीनबाट कुनै पत्र या प्याकेज प्राप्त गर्नु सुरक्षित छ ?
यो सुरक्षित छ । चीनबाट प्राप्त गर्ने विभिन्न पत्र र प्याकेजहरूबाट कोरोना भाइरसको संक्रमणको जोखिम छैन । कोरोना भाइरस लामो समयसम्म जीवित नरहने विभिन्न अध्ययनले देखाएको छ ।
घरपालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ ?
कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरूको सम्पर्कपछि साबुन पानीले राम्रोसँग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरूबाट पनि बचाउँछ ।
निमोनियाविरूद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
निमोनियाविरूद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बीविरूद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसका लागि नयाँ र यसै विरूद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरूले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरूद्धको खोपको विकास गर्दै छन् । यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।
नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रूपमा नाकको सरसफाइ गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सकिन्छ ?
स्लाइनको सहयोगमा नियमित नाकको सरसफाइ गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन । तर यसले सामान्य रूघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।
माउथवासले कुल्ला गरेर मुखको सफाइ गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
मुखको सरसफाइले कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन । केही माउथवासले मुखमा रहेका किटाणुबाट केही मिनेटसम्म सुरक्षा प्रदान गरे पनि कोरोना भाइरसको संक्रमणबाट भने जोगाउँदैन ।
लसुनले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
लसुन एक स्वास्थ्यवर्द्धक खाने कुरा हो । जुन एन्टिमाइक्रोबेलले भरिपूर्ण हुन्छ । तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।
तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?
तिलको तेलले कोरोना भाइरसलाई मार्दैन । यसमा भएको केही रासायनिक तत्त्वले कोरोना भाइरसलाई सतही रूपमा मार्न सक्छ । यसमा किटाणुनाशकमा आधारित ब्लीच/क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ । त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने शायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ। तर, यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ ।
के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छ या युवाहरू पनि यसको जोखिममा पर्छन् ?
सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ। वृद्धवृद्धा, दीर्घ रोगी, दम, मधुमेह, मुटुजन्य रोगलाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ । त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ । यसका लागि हातको सरसफाइ र सही तरिकाले श्वासप्रश्वासको सरसफाइमा ध्यान दिन आवश्यक छ ।
कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टिबायोटिक प्रभावकारी हुन सक्छ?
एन्टिबायोटिकले भाइरसविरूद्ध काम गर्दैन । यो ब्याक्टेरियाविरूद्धका लागि मात्र हो । हाल देखिएको यो नयाँ कोरोना भाइरस हो । त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टिबायोटिकको प्रयोग हुँदैन । यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टिबायोटिक लिन सक्छन् । किनभने उनीहरूलाई ब्याक्टेरियल संक्रमणको सम्भावना पनि हुन सक्छ ।
कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छ ?
हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणका आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धानअन्तर्गत भइरहेका छन्, जुन क्लिनिकल परीक्षणमार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।

बाइलाइन नेपाल











