तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ?

बाइलाइन नेपाल
१४ माघ २०७७, बुधबार ०८:१२

मुलुकका तराई भेगमा आज पनि बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसोको मौसम सफा रहे पनि राति प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंको आज बिहान साढे ६ बजेको मापनमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १४ गते (बुधबार)

दिउँसो : प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश- १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश- १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १५ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश- १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

राति : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*