विश्वमा चार करोड बालबालिकाले धुम्रपान गर्छन् : अध्ययन

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार ०६:५२

विश्वभर चार करोड बढी बालबालिकाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।यो १३ वर्षदेखि १५ वर्ष उमेरको समूह हो।सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक ९ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् ।

राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी युवा जगतमा धुम्रपानको कुलत हटाउनुपर्नेमा जोड दिएको छ।

‘हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सूर्तीजन्य पदार्थको सेवन शुरू गरिसकेका छन्,’ डब्लुएचओले बालबालिका तथा युवाहरूको कुलतबारे भनेको छ । डब्लुएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणको बारेमा सचेतना दिन विशेष सुत्रको प्रयोग गरेको थियो ।

डब्लुएचओले भनेको छ,‘सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सूर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत रहने गरेको भेटिएको छ। उद्योगहरूले प्रतिवर्ष धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न समस्या आई मृत्यु हुने आठ करोड व्यक्तिको वदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।’-एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*