अबको तीन दिन यस्तो रहनेछ मौसम

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार ०७:५३

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले शुक्रबार उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

यस्तै, शनिबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ । आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*