नेपालमा मनसुन भित्रियो, ठूलो वर्षाको सम्भावना

बाइलाइन नेपाल
३० जेष्ठ २०७७, शुक्रबार २०:२४

नेपालमा मनसुन भित्रिएको मौसमविद्ले बताएका छन् । यसवर्ष मनसुन दुई दिन ढिलो गरी भित्रिएको हो ।

अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । यसपालिको मनसुनी गतिविधि निकै सक्रिय रहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद् कँडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*