कोरोना भाइरसः अमेरिका,स्पेन र इटालीमा एकैदिन २२०४ जनाको मृत्यु
एजेन्सी । अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो ।
यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए ।साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ ।
यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।
स्पेनमा २४ घण्टाभित्र ७४८ को मृत्यु
स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृत्यु भएको छ । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।
एकैदिन ७ हजार ९ सय ६७ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर छ ।
यद्यपि, १९ हजार २ सय ५९ जना निको भएर घरसमेत फर्किएका छन् ।
इटलीमा एकैदिन ८३७ मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो
इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।
यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।
यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् ।
यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन । एजेन्सी

एजेन्सी











