कोरोना भाइरसः संसारभरी संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

बाइलाइन नेपाल
१६ चैत्र २०७६, आईतवार ०७:०९

एजेन्सी । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ ।

कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ । साथै मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ ।

संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।

यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*