कन्हैया कुमारविरुद्ध देशद्रोहीको मुद्दा
भारतीय बामपन्थी नेता कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ । केजरीवाल नेतृत्वको दिल्ली सरकारले कन्हैयासहित १० जनालाई देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएको हो ।
सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो । यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत १० जनालाई अभियुक्त बनाएर उनीहरूमाथि देशद्रोहको मुद्दा दायर गरेको थियो ।
केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।
दिल्ली सरकारले देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएलगत्तै कन्हैया कुमारले फास्ट ट्रायकबाट मुद्दाको सुनुवाई गर्न माग गरेका हुन् । उनले ट्विट गर्दै यस्तो माग गरेका हुन् ।

बाइलाइन नेपाल











