मुस्लिम सम्मेलनमा सहभागी दुई जनाको मृत्यु

बाइलाइन नेपाल
५ फाल्गुन २०७६, सोमबार ०८:४७
d'l:nd wdf{DanLsf] wfld{s;efdf ;xefuL d'l:nd ;d'bfo /fhlj/fh, # kmfu'gM ;Kt/Lsf] af]b]a;f{Og gu/kflnsfsf] hfFh/l:yt v8u gbL lsgf/df zlgaf/b]lv ;f]daf/;Dd rNg] …OlHtdfÚ d'l:nd wdf{DanLx?sf] wfld{s;efdf ;xefuL d'l:nd ;d'bfo . t:jL/M c?0f ofbj÷ /f;;

सप्तरी।  मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यु भएको हो ।

सम्मेलनस्थलमा शनिबार साँझ बेहोस भएका एक जना भारतीयको मृत्यु भएको थियो । भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तीलक भारतीले बताए। शनिबारदेखि सुरु भएको सम्मेलनमा करिब अढाइ लाख सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*