ललिता निवास प्रकरण : गृहको किटानी जाहेरी प्रहरीले गर्‍यो दर्ता

बाइलाइन नेपाल
४ फाल्गुन २०७६, आईतवार १८:२२

बालुवाटारको ललिता निवासस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सिआइबी)ले किटानी जाहेरी दर्ता गरेको छ।

किटानी जाहेरी दर्ता गरिएको पुष्टि गर्दै सिआइबीका निर्देशक निरज शाहीले भने, ‘किटानी जाहेरी दर्ता भएको हो। अब थप अनुसन्धान अघि बढ्छ।’

ललिता निवास प्रकरणमा सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरेका थिए।

अख्तियारले घसअघि नै १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भइसकेको छ।

२०७५ चैत २८ मा गठन गरेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत माघ १७ गते गृह मन्त्रालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सिआइबी स्रोतका अनुसार प्रतिवेदनमा २ सय जनालाई मुद्दा चलाउनु पर्ने निष्कर्ष सिआइबीले निकालेको थियो।

तर सिआइबीले बुझाएको उक्त प्रतिवेदन अध्ययन गरेको गृहले सिआइबीले उल्लेख गरेका केही भिआइपी र उच्च पदस्थको नाम कटौती गरेर जम्मा १ सय ७२ जनाविरुद्ध मात्रै किटानी जाहेरी दिएको स्रोतले जानकारी दियो।

यसबारे सिआइबीका निर्देशक शाही भन्छन्, ‘अहिले यति नै संख्या भन्नेमा नजाऔं। अनुसन्धानकै चरणमा छौं। थपघट हुन सक्छ।’

सिआइबीमा किटानी जाहेरी परेकाहरु विरुद्ध थप अध्ययन गरेर प्रहरीले ठगी र सरकारी कागजात कीर्तेमा मुद्दा दायर हुन्छ।

एउटै व्यक्ति विभिन्न शीर्षकामा पनि मुद्दा दर्ता हुनसक्ने सिआइबीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*