पूर्वसभामुख महराविरुद्धको मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा, सम्भवतः सोमबार फैसला हुने

बाइलाइन नेपाल
४ फाल्गुन २०७६, आईतवार १७:५०

काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले सम्भवतः सोमबार फैसला सुनाउने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली लगायतले बहस गरेका थिए ।

संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*