बुहान विमानस्थलले रोक्यो ६ नेपाली, कोरोना भाइरसको आशंका

बाइलाइन नेपाल
४ फाल्गुन २०७६, आईतवार ०८:३०

काठमाडौँ । चीनको बुहानमा रहेका ६ नेपाली नेपाल फर्किनबाट बञ्चित भएका छन् । बुहान विमानस्थलमा चेकजाँचको क्रममा ६ जनाको स्वास्थ्य प्रतिकूल देखिएपछि विमानस्थलले नेपाल फर्कन उनीहरुलाई रोक लगाएको बताइएको छ ।

नेपालबाट बुहान पुगेको नेपाल एयरलाइन्सको विमानमा नेपालीहरु चढिसक्दा उनीहरुले विमान चढ्ने अनुमति पाएका छैनन् ।

बेइजिङस्थित नेपाली दूतावासले ४ जना नेपाली स्वदेश फर्किन नचाहेको र ६ जना नेपालीलाई भने चेकजाँचका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि विमान चढ्नबाट रोकेका जनाएको छ । ६ जनामा कोरोनाको आशंका देखिएकाले उनीहरुलाई रोकेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*