विरोध खतिवडाको मागः सभामुखको कुर्सीमा कालो टीका लगाऊ

बाइलाइन नेपाल
२९ माघ २०७६, बुधबार १८:३२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले सभामुखको कुर्सीमा कालो टीका लगाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बुधबार शून्य समयमा सांसद खतिवडाले भने, ‘सभामुखलाई बधाई तर सभामुखको कुर्सीमा धेरैको आँखा लागेजस्तो छ । धेरैले कुर्सीमा चक्षु लगाए । सत्ता पक्षबाहेक विपक्षीले पनि आँखा लगायो । त्यसैले कसैले आँखा नलगाउन भनेर कालो टीका कुर्सीमा लगाउनुपर्‍यो ।’

खतिवडाले आमाले कसैको आँखा बच्चामा नपरोस् भनेर निधारमा कतै कालो टीका लगाएजस्तै सभामुखको कुर्सीमा पनि कालो टीका लगाउन सुझाव दिए ।

सत्तारुढ नेकपाकी सांसद शशी श्रेष्ठले राष्ट्रिय महिला अयोग ४ वर्षदेखि पदाधिकारीविहीन भएको र दलित आयोग गठन नभएको भन्दै गुनासो गरिन् ।

नेकपा सांसद शान्तिमाया तामाङ पाख्रिनले सुन्दर भविष्यको सपना बोकेर युवायुवती खाडी मुलुकमा गएर पसिना चुहाएर फर्किंदा घर परिवार बिग्रने गरेको बताइन् । उनले विदेशबाट पुरुष वा महिला नेपाल फर्कंदा देशमा परिवार सम्हाल्न नसक्ने पुरुष वा महिलालाई कडा कारबाही गर्न माग गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*