अमेरिकामाथि नेपालको शानदार जित, सन्दीपले लिए ६ विकेट

बाइलाइन नेपाल
२९ माघ २०७६, बुधबार ११:१८

काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालई पराजित गर्दै आइसीसी क्रिकेट वर्ल्ड कप लिगमाको पहिलो सिरिजमा दोस्रो जित हात पारेको छ ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई८ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरम ३५ रनमा अलआउट गरेको थियो ।

अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।

नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो । तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्द नेपाललाई जित दिलाए । पारसले अविजित १५ दीपेन्द्रले अविजित १५ रन बनाए । अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए । अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*