भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाल पक्का

बाइलाइन नेपाल
२९ माघ २०७६, बुधबार ०७:५४

हेटौंडा । बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल बन्ने पक्का भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाललाई आजै सपथग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि फुयाललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री नियूक्तीसँगै मन्त्रीपरिषद् विस्तारको हल्ला चलेपनि तत्काल विस्तार नहुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । विस्तार गर्ने तयारी गरेपनि मन्त्रीमा आंकाक्षी धेरै भएकाले समस्या भएको जनाइएको छ ।

यसअघि संविधानसभाका सदस्य समेत रहेका फुयाल पहिलोपटक मन्त्री बन्न लागेका हुन् । फुयाल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री वन्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*