त्रिकोणात्मक क्रिकेट सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

बाइलाइन नेपाल
२९ माघ २०७६, बुधबार ०७:०६

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ ।

नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो-याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको थियो ।

अमेरिकाविरुद्धको सो खेलमा बाहेक नेपालले अरु कुनै जीत दर्ता गर्न सकेको छैन । त्रिकोणात्मक सिरिजका सबै खेल जित्दै ओमानले भने क्लिनस्वीप गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*