रेडक्रस मानविय सेवा गर्ने उत्कृष्ट संस्थाः विरोध खतिवडा

राजकुमार के.सी.
२८ माघ २०७६, मंगलवार १९:०७

हेटौंडा । प्रतिनिधि सभाका सांसद बिरोध खतिवडाले स्वयमसेवी संस्था रेडक्रस सबैको मनमनमा हुनुपर्ने बताएका छन् ।

आज मंगलबार हेटौंडामा भएको नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाको ५२ औँ साधारणसभालाई सम्वोधन गर्ने क्रममा सांसद खतिवडाले रेडक्रस मानविय सेवाको उत्कृष्ट सामाजिक संस्था रहेको समेत बताए ।

सभामा नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाका मन्त्री खेमराज सापकोटाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पिताम्वर बास्तोलेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित अनुमोदन गरियो ।

सभामा नेपाल रेडक्रस सोसाईटी बग्मती प्रदेश सभापति भोला रुपाखेती, नेकपा मकवानपुर संगठन बिभाग प्रमुख बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइराला लगायतले मन्तव्य राखेका थिए ।

सभामा विभिन्न व्यक्ति तथा शाखालाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने उपशाखामा कमाने उपशाखा, युवा रेडक्रस सर्कल निर्मल मा.वि., दुर्लभ रक्तदाता दिनेश सिंह, शिक्षक नायक केदारनाथ ढुँगाना, कर्मचारी बिष्णुप्रसाद रिमाल लगायत रहनुभएको थियो ।

संस्थागत रुपमा रक्तदान गर्ने संस्थाहरुमध्ये बाग्गमती प्रदेश प्रहरी कार्यालय, सानिमा बैंक लिमिटेड र नारायणी यातायात व्यवसायी संघलाई पनि सम्मान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी हटिया उपशाखाको आथित्यतामा सम्पन्न साधारणसभा नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखा सभापति सुर्यचन्द्र न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*