सफल फार्मेसीमा छाला सम्बन्धी रोगको निःशुल्क परीक्षण
हेटौंडा । हेटौंडा–४ पारिजातपथमा रहेको सफल फार्मेसीले छाला सम्बन्धि रोगको निःशुल्क परीक्षण गर्ने भएको छ ।
फार्मेसीले फागुन ३ गते शनिबार परीक्षणको आयोजना गरिएको फार्मेसीका संचालक रमेश अधिकारीले जानकारी दिएका छन्। छाला रोग विशेषज्ञ डा रजनी अग्रवालले चेकजाँच गर्ने अधिकारीले बताएका छन्।
उक्त परीक्षणमा अनुहारको चाहुरीपन,मुसा तथा कोठि निकाल्ने, एलर्जी तथा लुतोको समस्या, कपाल झर्ने, नङमा समस्या, दाद, डण्डिफोर पोतो, दुबीको समस्या भएकाले सेवा लिन सक्ने जनाइएको छ। बिहान ८ बजेदेखि उपरान्ह ४ बजेसम्म निःशुल्क परीक्षण हुने छ ।

बाइलाइन नेपाल











