पहाडी भू-भागमा आंशिक बदली, वर्षाको सम्भावना छैन: मौसम विभाग

बाइलाइन नेपाल
२८ माघ २०७६, मंगलवार ०७:१७

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमकाे पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २८ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २९ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०१ गते (बिहिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*