घर किन्ने वा बनाउने योजनामा हुनुहुन्छ ? ख्याल गर्नुहोस् १५ कुरा

बाइलाइन नेपाल
२७ माघ २०७६, सोमबार २०:५७
rfnssf] :jf:Yo k/LIf0f bdf}nL, !$ ebf} -/f;;_ M k[YjL/fhdfu{ cGtu{t tgx'Fsf] Jof; gu/kflnsf–!@ l5s{g]df ;jf/L rfnssf] :jf:Yo k/LIf0f ul/Fb} . lhNnf k|x/L sfof{no / lhNnf 6«flkms k|x/L sfof{non] /fhdfu{ eP/ u'8g] Ps ;o @^ ;jf/L ;fwgsf rfnsx?sf] :jf:Yo k/LIf0f u/]sf] lyof] . t:jL/ M s[i0f Gof}kfg]

प्रत्येक मानिस आफु बस्ने घर हरेक तवरबाट राम्रो होस् भन्ने चाहना राख्दछन् ।

यो स्वभाविक पनि हो, बर्षौको मेहनतलाई खन्याएर बनाइने सपनाको घरमा कुनै खोट रहनु हुदैन । तर पछिल्लो समय मानिस राम्रो र आर्कषक घर बनाउने नाममा वास्तुलाई अनुसरण गरको पाइदैन ।

आधुनिकताका नाममा बनाइने यस्ता घरमा वास्तुको उपेक्षा हुने गरेको छ । वास्तु आफैमा एउटा विज्ञान हो । तसर्थ कुनै पनि घर बनाउँदा वास्तु अनुसार बनाउनु राम्रो हुन्छ ।

त्यसैले नयाँ घर बनाउँदा वास्तुका निम्न उपाय गर्नु उत्तम हुन्छ ।

१. वास्तु अनुसार घरमा पर्याप्त प्रकाश तथा हावा आउजाउ गर्ने हुनुपर्छ ।
२. बेडरुममा खुट्टा उत्तर र टाउको दक्षिण दिशामा हुनुपर्छ । साथै ढोकातर्फ खुट्टा हुनु हुँदैन ।
३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनु उत्तम हुन्छ ।
४. घरको आग्नेय कोणमा भान्साकोठा र खाना खादाँ पूर्व वा उत्तर मुख फर्किने हुनुपर्छ ।
५. घर बनाउँदा दुर्गन्धित ढल, ग्यारेज वा वर्कसप नजिक हुनु राम्रो मानिदैन ।
६. भिरालो परेको जमिनमा तथा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।
७. घरको प्रवेशमार्ग चौडा हुनुपर्छ, यस्तो घर बसोबासका लागि उपयुक्त मानिन्छ ।
८. त्रिभूज आकारको जग्गामा घर बनाउनु हुदैन । बनाउनु मात्र होइन किन्नु पनि हुदैन ।
९. एकातर्फ चौडा र अर्कातर्फ कम भएको जग्गामा घर बनाउनु शुभ मानिदैन ।
१०. घरमा सानो भएपनि भान्सा, बगैंचा र मूख्य द्वार बनाउने क्षेत्र हुनुपर्छ ।
११. मूख्य ढोकाको सामुन्नेमा पर्खाल पार्नु हुदैन ।
१२. ठुलो पानि ट्यांकीको छायाँ पर्ने स्थलमा घर बनाउनु पनि योग्य मानिदैन ।
१३. दुई ठूला घरको बिचमा सानो घर बनाउनु उपयुक्त हुँदैन ।
१४. कुनै पनि बाटो वा गल्लीको अन्तिम केन्द्रमा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन ।
१५. सडक किनारमा बनेको घर खरिद गर्नु शुभ मानिदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*