तेस्रो बागमती गोल्डकपमा ए डिभिजनसहित १० क्लबको प्रतिष्प्रर्धा

बाइलाइन नेपाल
February 10th, 2020

हेटौंडा । बागमती गाउँपालिकामा हुने तेस्रो बागमती गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । फागुन ३ गते देखि १३ गते सम्म हुने गोल्डकपको तयारी पुरा भएको बागमती खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिताको संयोजक अरुण बलले जानकारी दिए ।

बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा प्रतियोगितामा हुन लागेको हो । बागमती गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा हुने गोल्डकपको लागि मैदान निर्माण प्याराफिट निर्माणको काम सकिएको आयोजकले जानकारी दिएको छ । गोल्डकपमा एकैसाथ ७ हजार दर्शकले खेल हेर्न सकिनेछ । प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक बलले जानकारी दिए । त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।

गोल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्ने संयोजक बलले जानकारी दिए । गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउने बलले बताए ।

प्रतियोगिताको विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्धारा वेजोड प्रस्तुती सहित झाँकीहरु समेत प्रस्तुत गरिनेछ भने प्रतियोगिताको उद्घाटन माननीय गृहमन्त्री रामबहादुर थापाले गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास समितिका कोषाध्यक्ष वीरेन्द्र समाल, खेलकुद विकास समितिका केन्द्रिय सदस्य अध्यक्ष माधव तिमल्सिना, कार्यालय प्रमुख राजन दाहाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*