बालजागृतिको स्वास्थ्य शिविरमा ३१३ जनाले स्वास्थ्य परीक्षण गराए

बाइलाइन नेपाल
२५ माघ २०७६, शनिबार २०:२४

हेटौंडा । हेटौंडा–२ मा सञ्चालित बालजागृति इङ्लिश सेकेन्डरी स्कूलमा आयोजित स्वास्थ्य शिविरमा ३ सय १३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

‘बालजागृतिको चाहना, अभिभावक विद्यार्थीको सुस्वास्थ्यको कामना’ नाराका साथ दुई दिनसम्म भएको स्वास्थ्य शिविरमा १ सय ७६ जना विद्यार्थी र १ सय ३७ जना अभिभावकले स्वास्थ्य परीक्षण गराएका हुन् ।

शनिबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीको रगत परीक्षण र रिपोर्ट कार्ड वितरण, अभिभावकको निःशुल्क रक्तचाप र मधुमेह परीक्षण गरिएको प्रिन्सिपल सुवेदीले जानकारी दिए ।

रोट्र्याक्ट क्लब अफ हेटौंडा र एसआइडी ल्याब्रोटरी प्रालिको सहयोगमा बृहत स्वास्थ्य शिविर तथा जनचेतना अभियान सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल सुवेदीले बताए ।

उनका अनुसार शुक्रबार भएको शिविरमा कक्षा १ देखि ५ सम्म अध्ययरत विद्यार्थीका लागि समसामयिक स्वास्थ्य समस्याको विषयमा अन्तक्र्रिया गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*