आजबाट तीन दिन वर्षासँगै हिमपातको सम्भावना

बाइलाइन नेपाल
February 7th, 2020

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन मुलुकका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने जनाएको हो ।

अहिले देशको पहाडी भूभागका केही स्थानको मौसममा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागमा दिउँसो पनि आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भू-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आइतबार)

दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

आज शुक्रवारबाट नेपालमा पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*