हेटौँडाका होटलका भान्छा फोहोर, ग्राहकको स्वास्थ्यमाथि खेलवाड
हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौंडाका अधिकांश होटलको भान्छा फोहोर पाइएको छ । पटकपटक अनुगमन गरेर सफा राख्न निर्देशन दिएपनि होटल सञ्चालकले बेवास्ता गर्दै ग्राहकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले ११ वटा होटलमा अनुगमन गर्दा सफा भान्छा कुनैमा पनि फेला परेन् । अनुगमनको क्रममा अधिकांश होटलहरुको भान्छा निकै फोहोर पाइएको छ । भान्छा फोहोर भएको होटललाई चेतावनी सहित सफा राख्नको लागि निर्देशन समेत गरिएको छ ।
अनुगमनको क्रममा मिराज होटल, नोबेल होटल ,होटल न्यु ब्लु ड्राईगन ,तुलाचन थकाली भान्साघर होटल पेय पदार्थ ,चाउमिन, पनिर ,प्याकेट दुध लगाएतका म्याद सकिएका खाद्य वस्तुहरु पाईएको थियो भने रोड हाउसको किचन फोहोर पाईएको छ ।
त्यसैगरि ढिँडो गुन्द्रुक होटलले विना दर्ता ब्यबसाय संञ्चालन गरेको र सिमा होटलले मदिरा बेच्ने अनुमतिपत्र नलिईएको पाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले तत्काल कमि कमजोरी सुधार गर्न होटल ब्यबसायीहरुलाई चेतावनी दिएको छ ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका कर्मचारी, जिल्ला प्रशासनका प्रतिनिधि, उपभोक्तावादीलगायतको सहभागिता रहेको थियो । फाइल फोटो

बाइलाइन नेपाल











