आज वर्षासँगै हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

बाइलाइन नेपाल
२१ माघ २०७६, मंगलवार ०७:१९
फाइल तस्विर

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । महाशाखाले हाल देशको मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २१ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ २३ गते (बिहीबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सम्भावित हिमपात र वर्षाका कारण तापक्रममा आउने गिरावटले चिसोको मात्रा बढाउने हुनाले उक्त स्थानहरुमा रहनुहुने सबैलाई चिसोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*