आज आंशिक बदलीको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ?

बाइलाइन नेपाल
२० माघ २०७६, सोमबार ०६:५२

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखीनीय रुपमा मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (सोमबार)

दिउँसोः पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

देशको पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशभका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*