जीएसको अभिभावक भेलामा उत्कृष्टलाई सम्मान
ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविले १९ औं अभिभावक दिवसको अवसरमा दुई दिवसीय कार्यक्रम आयोजना गरेको छ ।
माघ १८ गते कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका र माघ १९ गते कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको गायन, नृत्य, नाटक, उद्घोषणकला तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विज्ञान प्रदर्शनी, गणित प्रदर्शनी, आर्ट एन्ड क्राफ्ट प्रदर्शनी, आइटी प्रदर्शनीसमेत प्रस्तुत गरिएको थियो ।
वर्ष उत्कृष्ट अभिभावकका रूपमा महिलातर्फ ग्रेसी तिमल्सिना, पुरुषतर्फ एकराज गौतमलाई दोसल्ला, सम्मानपत्र र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै, पूर्व प्रिन्सिपलको तर्फबाट डा. वासुप्रसाद सुवेदीलाई नगद एघार हजार एकसय एघार नगद र सम्मानपत्रसहित सम्मान गर्नुका साथै सामाजिक अभियन्ताका तर्फबाट ऊँ शान्तिका केन्द्रीय प्रशिक्षक विजयराज सिग्देल तथा मकवानपुरबाट प्रतिनिधित्व गर्दै छमछमी–४ को उपाधि विजेता सन्ध्या आचार्यलाई समेत दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ।
कार्यक्रममा तहगत रूपमा उत्कृष्ट शिक्षककर्मचारीलाई समेत वर्ष उत्कृष्ट शिक्षक(कर्मचारीका रूपमा नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, विद्यार्थीहरूका लागि समेत वार्षिक परीक्षा(२०७५ का उत्कृष्ट विद्यार्थी, अनुशासित विद्यार्थी, निट एन्ड क्लिन विद्यार्थीको पुरस्कार प्रदान गर्नुका साथै वर्ष उत्कृष्ट खेलाडी, वर्ष उत्कृष्ट चित्रकार, वर्ष उत्कृष्ट सङ्गीतकार, वर्ष उत्कृष्ट चित्रकार, वर्ष उत्कृष्ट साहित्यकारको उपाधिसहित ६ महिनाको छात्रवृत्ति पुरस्कारस्वरूप प्रदान गरिएको छ ।
दुई दिवसीय कार्यक्रमको अन्तिम दिन प्रकाश बानियाँको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक सङ्घसमेत गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त दुई दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् सङ्घीय संसदका अर्थ समिति अध्यक्ष सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्य रहेको थियो । दोस्रो दिन माघ १९ गते जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देल, विद्यालयको मातृसंस्था ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिधराज ढकाल, उपाध्यक्ष गोविन्द चौलागाईँ, सचिव दीपक खड्का, कोषाध्यक्ष मोहन न्यौपाने, सदस्यहरू वासुदेव रिजाल, लक्ष्मी गजुरेल, खेमराज लामिछाने, दिनेश लम्सालको सहभागिता रहेको थियो ।
यसैगरी, संस्थागत विद्यालय अभिभावक सङ्घ अध्यक्ष रमिला सापकोटा, ज्ञानदीप सहकारीका सल्लाहकारहरू बद्रीबहादुर पाठक, केशवबहादुर श्रेष्ठ, ऋषिराम पोखरेल, भोगेन्द्र लुइँटेल, शिक्षक महासङ्घ हेटौँडा नगर अध्यक्ष दीपक अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, इस्टु मकवानपुर अध्यक्ष सचिन लामा, इस्टु नगर अध्यक्ष सीएम रिमाल, विद्यालयका विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

बाइलाइन नेपाल











