गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा

बाइलाइन नेपाल
१९ माघ २०७६, आईतवार १८:५३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

लामिछाने लेआइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्वकप लिग २ मा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपौयाँ रंगशालाका लागि सहयोग गर्ने जनाएका छन् ।

उनले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलामा लिने विकेट बराबर आर्थिक सहयोग गर्ने घाेषणा गरेका हुन् । उनले प्रति विकेट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बराबरको रकम रंगशालालाई सहयोग गर्नेछन् ।

नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने सपना रहेको बताउँदै उनले यसलाई आफ्नो पहिलो सामाजिक कार्यका रुपमा उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*