यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणाद्धारा आत्मसमर्पण

बाइलाइन नेपाल
१९ माघ २०७६, आईतवार १७:२४

संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणा प्रहरीमा आफै उपस्थित भएका छन्। आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए।

‘उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आफै जिल्ला प्रहरी कार्यालय आउनुभएको छ’, सुनसरीका एक प्रहरी अधिकृतले भने, ‘हामीले उहाँलाई अहिले नियन्त्रणमा लिएका छौं।’

यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो। राणाले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। एसएसपी राणाले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*