वंशगोपाल माविका २०४६ व्याचको पुनर्मिलन

बाइलाइन नेपाल
१८ माघ २०७६, शनिबार २१:३९

हेटौंडा । वंशगोपाल मा.वि.चौघडामा २०४६ मा अध्ययनरत विद्यार्थीहरुको समुह क्रियटिभ ग्रुप अफ–४६ को तेश्रो पुनर्मिलन तथा वनभोज कार्यक्रम हेटौंडा ५ रुद्रेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ ।

ग्रुपका संयोजक चन्द्रकुमार मानन्धरको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुलाई स्वागत सहसंयोजक अजिता कट्वालले गरिकी थिइन ।

२०४६ का विद्याथीहरुको मित्रता प्रगाढ वनाउनुको साथै संगठित भै वंशगोपाल माविको शैक्षिक गुणस्तर विकासमा सहयोग प¥याउने उद्धेश्यले पुनर्मिलन कार्यक्रम आयोजना र निरन्तरता दिएको ग्रुपका सचिव कमल कुमार विश्वकर्माले वताएका छन् ।

ग्रुपमा आवद्ध पूर्वविद्यार्थीहरु साथीको सुखमा खुसी मनाउने र दुखमा साथ दिने परम्परा बसालेको पनि उनले वताए । वंशगोपाल मा.वि.को शैक्षिक गुणस्तर सुधारका साथै विपन्न विद्यार्थी छात्रवृत्तीको लागि एक लाख राशीको अक्षय कोष स्थापना गर्ने गरी रकम संकलन गरेको छ ।

कार्यक्रममा कमल कुमार विश्वकर्मा, केशव अर्याल, केशव भुजेल, रमेश प्रसाद घिमिरे, ज्ञान वहादुर चौलागाई, वालकृष्ण चौलागाई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*