नवोदयको अभिभावक भेलामा विद्यार्थीले देखाए प्रतिभा

बाइलाइन नेपाल
१८ माघ २०७६, शनिबार २०:३०

हेटौंडा । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी विद्यालयको २४ औँ अभिभावक भेला शनिबार भएको छ । शनिबार कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरुको अभिभावक भेला भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले कार्यक्रम उद्घाटन गरेका थिए । भेलामा सहभागीलाई विद्यालयका निर्देशक दीपेश जोशीले स्वागत गरेका थिए ।

अभिभावक भेलामा विद्यार्थीले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । नाटक, नृत्य तथा गीत मार्फत् विद्यार्थीले विभिन्न शिक्षा र चेतनाको सन्देश दिएका थिए ।

‘भेलामा विद्यार्थीको विभिन्न कला प्रस्तुत गरेको उल्लेख गर्दे विद्यालयका प्रशासन प्रमुख सुरज बस्नेतले भने–एकै दिन सबै विद्यार्थीहरुको प्रतिभा समावेश गर्न नसकिने भएकोले विभिन्न मितिमा अभिभावक भेलाको कार्यक्रम आयोजना गरिएको छ ।

अभिभावक भेलामा कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरुले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । भेलामा विद्यार्थीले विभिन्न ३१ वटा कार्यक्रम गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*