मकवानपुरमै पहिलो पटक हेटौंडा स्कुल अफ म्यानेजमेन्टले भविष्य स्टिम च्यालेन्ज गर्दै

बाइलाइन नेपाल
१७ माघ २०७६, शुक्रबार १६:२३

हेटौंडा । कडा अनुशासन, स्तरिय शिक्षाको बाटो अवलम्बन गरेर दक्ष मानव पूँजी निर्माणमा अग्रणी भूमिका निर्वाह गदै आएको हेटौंडा स्कुल अफ म्यानेजमेन्टले मकवानपुरमै पहिलो पटक फरक शैलीमा विज्ञान प्रर्दशनीको आयोजना गर्ने भएको छ ।

म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै अहिलेसम्म हुँदै आएका प्रर्दशनी भन्दा फरक शैलीमा आयोजना गर्न लागेको जानकारी दिएको छ । उक्त प्रर्दशनीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्ट भविष्य स्टिम च्यालेन्ज नाम दिइएको छ ।

म्यानेजमेन्टका विज्ञान संकायका प्रमुख भोला गौतमले विद्यार्थीको सीप, प्रतिभालाई प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कारखाना नाम संस्थासँगको सहकार्यमा आयोजना हुने च्यालेन्जमा जिल्लाका विभिन्न विद्यालय सहभागी हुने उनले जानकारी दिए । विद्यार्थीले सिकेको ज्ञान र सीपलाई उजागर गर्न एउटा मञ्चका रुपमा क्याम्पसले कार्यक्रमको आयोजना गरेको गौतमले जानकारी दिए ।

म्यानेजमेन्टका दीपेश जोशीले नयाँ शैलीबाट विज्ञान प्रर्दशनीको आयोजना गर्न लागिएको बताए । माघ २० गते सोमबार हुन लागेको कार्यक्रममा जिल्लाका सामुदायिक तथा निजी क्याम्पस, विद्यालय गरी १९ वटाले सहमगिता जनाउने उनले जानकारी दिए । जसबाट २५ वटा टिम निर्माण गरेर कार्यक्रम हुने जनाइएको छ ।

म्यानेजमेन्टमै हुने कार्यक्रममा २५ वटा समूहले त्यही आएर आफुले सिकेको सीपको आधारमा विज्ञानका विभिन्न सामग्रीको निर्माण गर्ने जोशीले बताए । त्यसका लागि चाहिने उपकरण र सामाग्री म्यानेजमेन्टले नै उपलब्ध गराउने छ । उक्त कार्यक्रममा सहभागी हुने विद्यालयसँग कुनै शुल्क लिइने छैन । कार्यक्रमको सबै खर्च म्यानेजमेन्टले नै गर्ने जोशीले जानकारी दिए ।

च्यालेन्जमा भाग लिने मध्ये ८ वटा टिमलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले बताए । च्यालेन्जमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहने जोशीले बताए । कार्यक्रमको उद्देश्य विद्यार्थीलाई विज्ञान, प्रविधि, कला, गणित र सीप सिक्न अग्रसर गराउने रहेको बताइएको छ । कार्यक्रमको तयारीका क्रममा ३५ वटा विद्यालयका प्रधानाध्यापक र विज्ञान विषयका शिक्षकसँग वर्कशप तथा छलफल गरिसकेको जनाइएको छ ।

माघ २० गते बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम साढे ४ बजे प्रर्दशनीसहित समापन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*