हेटौंडामा गाँजा र अफिमसहित दुई जना पक्राउ

बाइलाइन नेपाल
१६ माघ २०७६, बिहीबार १३:०१

हेटौंडा । प्रहरीले गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित पूर्वपश्चिम लोकमार्गको सडक खण्डमा सवारी साधन चेकिङ गर्दा गाडीमा गाँजा र अफिस लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बा ३ च ५९९७ नंं को बोलेरो पिकअप गाडीमा २१ वटा प्लास्टिकले बेरेको पोकामा लागूऔषध गाँजा ६३ किलो र अफिम ३ सय ग्राम फेला परेको प्रहरी नाय उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।

गाडीका चालक जिल्ला बारा पर्सौनी गाउँपालिका–६ बस्ने बर्ष २८ को रामजी साह तेली र उक्त गाडीमा सवार जिल्ला बारा अदर्स कोतवाल गाउँपालिका– २ बस्ने बर्ष ३० को प्रेम पटेललाई पक्राउ गरी अनुसन्धान भइरहेको कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*