पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा प्रहरी फन्दामा

बाइलाइन नेपाल
१४ माघ २०७६, मंगलवार २१:०२

अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हँुदोरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ ।

कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि अदालतले निज महरालाई रु पाँच दण्डजरिवाना गरेको थियो तर महरा फरार भएकाले उनलाई फरार अभियुक्तको सूचीमा राखी प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले बताए ।

अदालतमा कायम रहेका मुद्दा नं १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ । प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

पक्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३२३ दिन कैद सजायबापत २२ लाख सात हजार ८४४ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य अभियुक्त आफैँ अदालतमा उपस्थित हुन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*