मकवानपुरले राष्ट्रवादी नेता गुमायोः कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश र जनताको हितको निमित्त काम गर्न सजिलो नहुने भन्दै निष्काम कर्मले जिबनमा आत्मसन्तुष्टि भने प्राप्त हुने बताएका छन् ।
मंगलबार राप्रपा मकवानपुरका नेता तथा समाजसेवी स्वर्गीय गोबिन्द रिजालको हेटौंडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्नु हुँदै थापाले रिजालको निधनले एक सच्चा राष्ट्रबादी र जनप्रेमी ब्यक्तित्व जिल्लाले गुमाएको धारणा ब्यक्त गरे ।
अत्यन्तै असहज अबस्थामा पनि विचार र सिद्धान्तप्रती प्रतिबद्ध रिजाल आफ्नो पारिवारिक सदस्यकै रुपमा रहेको समेत थापाले बताए । इमान्दार , सरल र मेहनती रिजाल सजिलै जनतासङ्ग घुलमिल हुन सक्ने र जनसेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने स्वभावको भएको चर्चा गरे ।
जनताको सुख दुखमा सधै जनताको माझमा रहने स्वर्गीय रिजालको निधनले पार्टीलाई मात्रै नभई मकवानपुरको पश्चिम क्षेत्रको समग्र बिकासलाई नै नकारात्मक असर परेको थापाले बताए ।
सो अबसरमा विभिन्न क्षेत्रका ब्यक्ती, राजनितीक दलका प्रतिनिधिहरुले स्वर्गीय रिजालको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा मधु अधिकारी, यातायात व्यावसायि हिरालाल श्रेष्ठ, उद्योग संघका नबराज अर्याल, साझा पार्टीका राजन मैनाली, रामहरि न्यौपाने , सिताराम बर्तौला,शिबराम थापा, हरि डिसि, गुरु सापकोटा ,इन्दिरा डल्लाकोटी लगायतले बोलेका थिए ।

बाइलाइन नेपाल











