आज वर्षासँगै हिमपातको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ?

बाइलाइन नेपाल
१४ माघ २०७६, मंगलवार ०६:५६

जल तथा माैसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार म‌ंगलबार देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १४ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ १५ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थानहरु र पूर्वी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थानहरु र पूर्वी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*