मिडिया काउन्सिल विधेयक पारित, नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने

बाइलाइन नेपाल
१३ माघ २०७६, सोमबार २०:१४

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत पारित भएसँगै नयाँ पत्रकारले अब लाइसेन्स जाँच दिनुपर्ने भएको छ ।

समितिको सोमबार बसेको बैठकले सर्वसम्मतिले विधेयक पारित गरेको हो । विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाइएको छ ।

विधेयकमा अहिले काम गरिरहेका पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने उल्लेख छ। तर नयाँ पत्रकारका हकमा भने लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था छ ।

पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुनेछ भन्ने विधेयकमा उल्लेख छ।

पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारको विवरण काउन्सिलले एक वर्षभित्र संकलन गरी अभिलेख राख्ने विधेयकमा व्यवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*