२२ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक पक्राउ

बाइलाइन नेपाल
१२ माघ २०७६, आईतवार १८:४२

पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित एक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको प्रहरीले जनाएको छ।

यति एयरलायन्सका उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनबाट परीक्षण गर्दा गोली भेटिएको हो।

उक्त गोली २२ बिओआर राइफलमा प्रयोग हुने समेत प्रहरीले जानकारी दिएको छ। शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*