त्रिकोणात्मक सिरिज खेल्न स्वदेश फर्किए सन्दीप
त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
घरेलु मैदानमा नेपाल, अमेरिका र ओमानका बीच हुने त्रिकोणात्मक सिरिजका लागि अष्ट्रेलियामा चलिरहेको बिग बास लिग बीचैमा छोडेर सन्दीप आइतबार नेपाल फर्किएका हुन् ।
घरेलु मैदानमा फेब्रुवरी ५ देखि १२ सम्म हुने त्रिकोणात्मक सिरिज कारण बिग बास लिगका बाँकी खेलहरु सन्दीपले गुमाउने छन् ।
मेलबर्न स्टार्सबाट विग बास लिग खेलिरहेका सन्दीप लामिछानेले १३ खेलमा १५ विकेट चट्काएका छन् ।
सन्दीप सोमबार नेपाल आइपुग्ने छन् ।

बाइलाइन नेपाल











